खलढुंगामा दुई सातामा १९ हजारलाई काेराेनाविरुद्धकाे खाेप | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खलढुंगामा दुई सातामा १९ हजारलाई काेराेनाविरुद्धकाे खाेप

ओखलढुंगा । ओखलढुंगामा काेराेना भाइरस काेभिड १९ विरुद्धकाे खाेप अभियान तिव्र पारिएकाे छ । ५ मंसिरदेखि विभिन्न समयमा दुई चरणमा सञ्चालित खाेप अभियानमा १९ हजारले खाेप लगाइ सकेका छ ।

जिल्लाका आठ स्थानीय तहमा दुई चरणमा लगाइएकाे खाेप पहिलाे चरण लगाएकालाई दाेस्राे र पहिलाे चरण छुटेकालाई पहिलाे डाेज खाेप लगाइएकाे हाे । एक सय ७५ वटा खाेप केन्द्रमा सञ्चालित खाेप अभियानबाट १९ हजार नागरिक लाभावन्वित भएकाे स्वास्थ्य कार्यालय ओखलढुंगाका प्रमुख अहमद मन्सुरीले जानकारी दिए ।

खाेप अभियानमा छुटेका नागरिकलाई स्वास्थ्य संस्थाबाट समेत खाेप  दिने व्यवस्था गरिने उनकाे भनाइ छ । जिल्लामा यसअघि पनि दुई चरणमा खाेप अभियान सञ्चालन भइसकेकाे छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);