श्याम गुप्ता
११ माघ,बारा ।
बाराको कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउँन माँग गर्दै उद्योग व्यवसायी,राजनितिक दलका नेता कार्यकर्ता तथा आम सर्वसधारणहरुले मंगलवार सदरमुकाम कलैयामा बिरोध प्रद्र्धशन गरेका छन् ।
जिल्लाको सबै भन्दा पुरानो एवंम् जेठो नगरपालिका कलैयालाई उपमहानगरपालिका बनाउँन संघिय पुनर संरचना आयोगले सिफारिश नगरेको तथा तीन बर्ष अगाडी मात्रै स्थापना भएको गढीमाई नगरपालिका जीतपुरलाई सिफारिश गरेको बिरोध गर्दै कलैयामा बिरोध प्रदर्शन गरिरहेका हँुन् ।
२०३५ सालमा स्थापित यस जिल्लाको सबै भन्दा पुरानो कलैया नगरपालिकालाई सरकारले अवैधानिक तरिकाले गरेको निर्णयले कलैया बासीलाई अपहेलित गरी यस भेगका जनताहरुको अस्तित्व नैं सखाप पार्न खोजेको हुँनाले समय मैं सरकारले संशोधन गरी वैधानिक रुप मैं यस नगरपालिकालाई उपमहानगरपालिका घोषित नगरुणजेल अझ सशक्त आन्दोलन गरिने उद्योग बाणिज्य संघ बाराका कार्य बाहक अध्यक्ष बिनोद बरैले बताए ।