थ्री डी पड जसमा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ शानदार मृत्युवरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

थ्री डी पड जसमा पल्टिएको १५ सेकेन्डमा नै हुन्छ शानदार मृत्युवरण

एजेन्सी । अस्ट्रेलियाको एउटा कम्पनीले थ्री डी प्रिन्टेड पड निर्माण गरेको छ, जसले मानिसहरुलाई कुनै पीडा नदिइ मृत्युवरण गर्न सहयोग पु-याउने विश्वास गरिएको छ । सो मेसिन चाँडै नै स्वीट्जरल्यान्डका वासिन्दाले प्रयोग गर्न पाउने भएका छन् ।

पडको निर्माण गैरनाफामुखी संस्था एक्जिट इन्टरनेसनले गरेको हो । पडले मानिसहरुलाई स्वेच्छिक आत्महत्या गर्न सहयोग गर्नेछ । एक्जिट इन्टरनेसनले पडलाई सार्को मेसिन भनेको छ । 

स्वेच्छिक मृत्यु चाहना गर्नेका लागि स्वीट्जरल्यान्डमा यसअघि एक प्रकारको तरल पर्दाथ पेन्टोबारबिटल दिइएको थियो । तर, त्यसको विकल्पको रुपमा एक्जिट इन्टरनेसनलले पड निर्माण गरेको हो ।

एक्जिट इन्टरनेसनलका संस्थापक फिलिप नितस्चेकका अनुसार  मृत्युवरण गर्न चाहने व्यक्तिलाई पडभित्र राखेपछि अक्सिजनको तह विस्तारै घटाएर एक प्रतिशतमा सीमित गरिन्छ र नाइट्रोजनको मात्रा बढाइन्छ । यो प्रक्रिया ३० सेकेन्डमा पूरा हुन्छ । अचेत हुनुअघि नै व्यक्ति बोल्न नसक्ने हुन्छ । 

‘स्वेच्छिक मृत्युवरण गर्न चाहने व्यक्ति मेसिनभित्र छिरेपछि आरामले पल्टिछन् । यो निकै आरामदायी छ,’ नितस्चेक भन्छन् । 

नितस्चेकाअनुसार पडमा बस्ने व्यक्तिलाई प्रशस्त प्रश्नहरु सोधिनेछ । जबाफ दिएपछि उनीहरुले सुतेर नै मेसिन दबाउन सक्नेछन्, जसको केही सेकेन्डपछि आनन्दसँग उनीहरुको मृत्यु हुनेछ ।’
पडले कानुनी मान्यता पाइसेकेको र अर्को वर्षदेखि स्वीट्जरल्यान्डमा सञ्चालनमा आउने स्वीस इन्फोले जनाएको छ । 

कसैको सहयोगमा गरिने मृत्युवरण वा एसिस्टेड सुसाइडले  अमेरिकाको क्यालिफोर्निया, कोलोराडो, हवाई, न्यू जर्सी, ओरेगान, वासिंगटनपोस्ट, भर्मन्ट र कोलम्वियाका जिल्लामा कानुनी मान्यता प्राप्त गरेको छ । 

त्यस्तै, निश्चित शर्त पालन गर्न लगाएर नेदरल्यान्ड्स, जर्मनी, स्पेन, क्यानडालगायत स्वेच्छिक मृत्युवरणलाई मान्यता दिएका देशमा पनि एसिस्टेड सुसाइडलाई मान्यता दिइएको छ । 

मेसिनले मृत्युवरण गर्न चाहने जुनसुकै व्यक्तिलाई आरामसँग मर्नका लागि सहयोग प्रदान गर्ने र यसलाई आवश्यकता अनुसार विभिन्न सहरमा लैजान सकिने नितस्चेकले बताएका छन् । 

‘सम्पूर्ण काम ३० सेकेन्डमा सकिन्छ । बोल्दा बोल्दै मानिसको जिब्रो गडबढाउछ र सास जान्छ,’ उनले भने । सो पडलाई स्वेच्छिक मृत्युको अनुमति दिएका जुनसुकै देशमा लैजान सकिने उनको भनाई छ । 

कस्तो अवस्थामा स्वेच्छिक मृत्यु गर्न पाइन्छ ?
कुनै दीर्ध रोग लागेका वा उपचार गर्दा पनि सम्भव नभएको र ६ महिनापछि मृत्यु हुन्छ भनेर सरकारले तोकेको चिकित्सकले सिफारिश गरेमा केही देशले स्वेच्छिक मृत्युलाई अनुमति दिएका छन् । स्वेच्छिक मृत्युलाई अनुमति दिइएको देशमा यो पड उपयोगी हुने विज्ञहरुले बताउँदै आएका छन् । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);