आज भारतमा लोकसभा निर्वाचनको मतगणना हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

आज भारतमा लोकसभा निर्वाचनको मतगणना हुँदै

chunab india mataganana

काठमाडौं, ९ जेठ । विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतमा लोकसभा चुनावको मतगणना आजबाट सुरु भएको छ । ५ सय ४३ लोकसभा सिटका लागि ३९ दिन लगाएर सात चरणमा चुनाव भएको हो । सबै चरणको मतदान सकिएपछि आजबाट गणना सुरु भएको हो ।

अन्तिम चरणको मतदान सकिएपछि आएका अधिकांश एक्जिट पोलमा वर्तमान सत्तारुढ एनडिए गठबन्धनलाई नै यसपटक पनि बहुमत आउने देखिएको छ । तर कांग्रेससहितको विपक्षी गठबन्धन युपिएले एक्जिट पोलमा कुनै सत्यता नरहेको बताएका छन् ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले ट्वीट गरेर आफ्ना कार्यकर्तासँग कर्ममा विश्वास गर्न आग्रह गरेका छन् । तर भाजपासहितको सत्तारुढ गठबन्धन भित्र भावी सरकारका बारेमा तयारी सुरु भएको बताइएको छ । भारत सन् १९४७ मा बेलातबाट स्वतन्त्र भएपछि पहिलो पटक सन् १९५१–५२ मा चुनाव भएको थियो ।

निर्वाचित भएका लोकसभा सदस्यबाटै सबैभन्दा ठूलो दल अर्थात बहुमत ल्याउने दलका नेता प्रधानमन्त्री बन्ने छन् । यस्तो हुन नसकेमा गठबन्धनका नेता प्रधानमन्त्री बन्ने छन् । लोकसभामा रहेका ५ सय ४३ सिट मध्य बहुमतका लागि कम्तिमा २ सय ७२ सिट आवश्यक पर्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);