सर्मिला गुरुङ । ११ माघ, काठमाडौं । प्रत्येक वर्ष महिला हिंसा विरुद्धको अभियान चलाइन्छ । हिंसा विरुद्ध दर्जनौं संघ÷ससंस्थाहरु पनि क्रियाशील छन् । तर पनि समाजमा लैगिंकक विभेदकाका आधारमा महिला माथि हुने हिंसामा भने कत्ति पनि कमि आएको देखिदैन ।
भनिन्छ महिला र पुरष भनेका एक सिक्काका दुइ पाटा हुन् । त्यस्तै नेपाली समाजमा अर्को एक भनाइ पनि छ–महिला र पुरुष भनेका रथका दुइ पाङग्रा हुन् । तर पनि महिला भएकै कारण कतिपय हिंसाको सिकार हुनुपरेको तितो यर्थाथ छ । समाज जतिसुकै परिवर्तन र आधुनिकतातर्फ ढल्किए पनि लैंगिक विभेदका आधारमा हुने महिला हिंसा भने अहिले पनि रत्तिभर कमी आउन सकेको छैन ।
महिला भएकै आधारमा मानव अधिकारको उपभोगमा गरिने विभेद, शारीरिक तथा मानसिक रूपबाट दिइने पीडा, लगायत अन्य कुनै पनि माध्यमबाट महिलाको आत्मसम्मानमा पु¥याइने सबै किसिमका आघात नै महिला हिंसा हुन् । गत आर्थिक वर्ष २०७२÷७३ मा मात्रै राष्ट्रिय महिला आयोगमा घरेलु तथा महिला हिंसा सम्बन्धि ३ सय ३१ वटा उजुरी दर्ता भएका थिए । जसमा शारीरिक हिंसा सम्बन्धि ६८, मानसिक हिंसामा सम्बन्धि ९० र आर्थिक हिंसा सम्बन्धि ८७ उजुरी दर्ता भएका थिए । त्यस्तै आयोगमा चालु आर्थिक वर्ष २०७३÷७४ मा पनि घरेलु हिंसा सम्बन्धि १ सय ८ र महिला हिंसा सम्बन्धि २९ गरि १ सय ३७ वटा मुद्दा दर्ता भैसकेका छन् ।
यो त भयो दर्ता र सार्वजनिक भएका महिला हिंसा सम्बन्धि घट्नाहरु । सार्वजनिक नभएका महिला हिंसाका घट्नाहरु पनि हाम्रो समाजमा धेरै नै छन् । समाजमा व्याप्त पितृसत्तात्मक सोच, अन्धविश्वास, विभेदपूर्ण कानुन, लैंगिक असमानता, आर्थिक परनिर्भरता, अशिक्षा, गरिबी जस्ता विषय नै महिलामाथि हिंसा हुनुका प्रमुख कारणका रूपमा देखिएका छन् । महिला र पुरुषबीच विद्यमान यही सामाजिक विभेदका कारण पनि महिलामाथि हिंसा भैरहेको छ ।