एमाले स्थायी कमिटी गठनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

एमाले स्थायी कमिटी गठनको तयारी

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको नाम टुंगो लगाइसकेका छन् । अघिल्लो स्थायी कमिटीका सदस्य रघुजी पन्त, घनश्याम भूसाल, किरण गुरूङ, मणि थापा र भीम आचार्य स्वतः स्थायी कमिटी सदस्यमा मनोनित हुनेछन् ।

यी बाहेक थममाया थापा, यामलाल कँडेल, खगराज अधिकारी, भानुभक्त ढकाल, विन्दा पाण्डे, प्रभु साह, देवराज घिमिरे, गुरु बराल, शेरधन राई र कृष्ण गोपाल श्रेष्ठलाई स्थायी कमिटी सदस्यमा मनोनित गर्नेबारे छलफल भै रहेको एक स्रोतले जानाकारी दियो ।

यस बाहेक कर्ण थापा, अरुण नेपाल, शिवमाया तुम्बाहाङ्फे, काशीनाथ अधिकारी, नेताहरु शेरबहादुर तामाङ, राजन भट्टराई, किरण गुरुङ, बैजनाथ चौधरी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोकुल घर्ती र गोरख बोगटीको नाम पनि स्थायी कमिटीमा राख्ने सूचीमा समावेश गरिएको छ । एमालेको विधानअनुसार स्थायी कमिटी ४५ र पोलिटव्यूरो ९९ सदस्यीय हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);