म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृ्त्यु, दर्जनाैं घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृ्त्यु, दर्जनाैं घाइते

एजेन्सी । म्यानमारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जनाै‌ं घाइते भएका छन् । घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ । म्यानमारकाे व्यावसायिक राजधानी यांगुनमा सेनाकाे एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुकाे मृत्यु भएकाे हाे । सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गाेली प्रहार गरेकाे थियाे ।

फेब्रुवरीमा सेनाकाे कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीकाे मृत्यु भएकाे छ भने हजाराैंलाइ जेल हालिएकाे छ । पछिल्लाे प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन् । प्रदर्शनकारीमाथि ट्रक चलाइएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ । बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएकाे सरकारकाे दाबी छ । 

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गाेली चलाउँदा ठूलाे संख्यामा प्रदर्शनकारीकाे मृत्यु  हुन थालेपछि अ‌ाजभाेलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायाेजना गर्न थालेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);