भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

भीम रावललाई मत नदिन गरिएको प्रचार आचारसंहिताविपरीत छैन : शंकर पोखरेल

चितवन । नेकपा एमालेको महासचिवमा निर्विरोध निर्वाचित शंकर पोखेरेलले भीम रावलसहितका नेतालाई मत नदिनू भनेर गरिएको प्रचार आचारसंहिताविपरीत नरहेको बताएका छन् ।पार्टीको १० महाधिवेशन स्थल चितजनमा मंगलबार बिहान पत्रकारहरुसँग कुरा गर्दै पोखरेलले प्रचार बाँडिनु कुनै अनौठो विषय नभएको प्रतिक्रिया दिएका हुन् । 

अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल, उपाध्यक्षका उम्मेदवार घनश्याम भुसाल, सचिव पदका उम्मेदवारद्वय टंकप्रसाद आचार्य र भीम आचार्यसहितका उम्मेवारलाई मत नदिनू भन्दै ओली समूहका नेताहरूलाई पर्चा बाँडिएको थियो । जसलाई रावलले आचारसंहिताविरपरीत भएको आरोप लगाएका थिए । 

तर, निर्विरोध निर्वाचित महासचिव पोखरेलले भने महाधिवेशन प्रतिनिधिहरुलाई बाँडिएको पर्चा अनौठो नभएको प्रतिक्रिया दिएका हुन् । 

‘होइन, त्यो त पार्टीको औपचारिक प्रस्ताव हो । त्यो प्रस्तावलाई अन्यथा गर्ने हिसाबले उम्मेदवारी दिएका कमरेडहरूले आफ्नो पक्षमा प्रचार गर्नुभएको छ । र अध्यक्ष मण्डलको प्रस्ताव यो हो भन्ने कुरा त घोषितै छ । कुनै अनौठो कुरा होइन । घोषित प्रस्तावलाई प्रचार गरियो भन्ने कुरा अनौठो होइन’, पोखरेलले पत्रकारसँग भने ।  

Leave a Reply