केन्द्रीय कमिटीकाे सूचीमा अटाएनन् एमाले सचेतक विशाल भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

केन्द्रीय कमिटीकाे सूचीमा अटाएनन् एमाले सचेतक विशाल भट्टराई

चितवन । १०औं महाधिवेशनबाट चयन हुने तीन सय एकजना केन्द्रीय कमिटीको सूचीमा एमाले प्रमुख सचेतक विशाल भट्टराई अटाउन सकेनन् । निवर्तमान अध्यक्ष केपी ओलीले बन्दसत्रमा पेस गरेको सूचीमा नाम नपरेपछि उनी महाधिवेशनस्थलमा देखिएका छैनन् । उनी खुल्ला र भूगोल दुवै क्षेत्रबाट सूचीमा परेका छैनन् । 

कार्यालय सचिवका हैसियतमा केपी ओलीलाई नजिकबाट सघाइरहेका भट्टराई नअटाएपछि उनी बन्दसत्रस्थलमा देखिएका छैनन् । ओलीको सूचीमा प्रदेश १ भूगोलबाट तिलकुमार म्याङ्बो, टंक आङबोहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई अटाएका छन् ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);