काठमाडौं, २१ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई ‘बाम गठबन्धन’ भन्न नमिल्ने बताएका छन् ।
पार्टीका महासचिव बैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई ‘बाम गठबन्धन’ भन्न नमिल्ने तर्क गरेका हुन् ।
अक्टोबर क्रान्तिको अवसर पारेर मंगलबार काठमाडाैँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमाले–माओवादी केन्द्रबीचको गठबन्धन ‘प्रतिक्रियावादीकरण’ भएको आरोप लगाए ।
महासचिव बैद्यले नयाँ ढंगले क्रान्तिको तयार गर्न पनि बामपन्थी शक्तिहरुलाई आह्वान गरे । महासचिव बैद्यले सर्वहारा क्रान्तिको सिद्धान्त अविनाशी भएको तर्क गरे