अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित, देउवाका उम्मेदवारलाई सबैभन्दा कम भाेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अर्घाखाँचीमा पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित, देउवाका उम्मेदवारलाई सबैभन्दा कम भाेट

अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले कुल १ हजार ४ सय १८ मतमध्ये ७ सय ३१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी इन्द्रमणि पौडेलले ३ सय ५२ मतमै चित्त बुझाए । अर्का प्रत्यासी यादवप्रसाद घिमिरेले ३ सय ९ मत पाए ।  २७ मत बदर भएको छ ।

पौडेल पक्षीय श्रेष्ठ सभापतिमा निर्वाचित हुँदा शेरबहादुर देउवा पक्षीय घिमिरेले सबैैभन्दा कम मत प्राप्त गरेका हुन्  । देउवा पक्षका केन्द्रीय सदस्य पुष्पा भुसाल र  मानबहादुर विश्वकर्माले घिमिरेलाई उम्मेदवार बनाएका थिए । श्रेष्ठलाई पौडेल पक्षका डा. रामबहादुर बिसीलगायतका नेताको समर्थन  थियो ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);