पाँचथर कांग्रेस सभापतिमा जबेगूलाई अग्रता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पाँचथर कांग्रेस सभापतिमा जबेगूलाई अग्रता

पाँचथर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत पाँचथर जिल्ला कार्यसमिति चयनका लागि भएको मतदानको गणना जारी छ । कुल एक हजार ८९ मतदाता रहेकामा एक हजार ७७ मत खसेकाे थियाे । पाँचथर कांग्रेस सभापतिमा रूपनारायण जबेगूले अग्रता कायम गरेका छन् ।

आधाभन्दा बढी मतगणना हुँदा जबेगूले एक सय ३७ मतको अग्रता लिएका छन् । जबेगूले तीन सय ३४ मत प्राप्त गर्दा अर्का उम्मेद्वार सुरेन्द्रकुमार दाहालले एक सय ९७ मत प्राप्त गरेका छन् । उपसभापतिमा डिकेन्द्रकुमार चेम्जोङले दुई सय १० मत, मणिचन्द्र चेम्जोङले दुई सय २९ मत, बृजहाङ आङदेम्बेले दुई सय ९८ र समर अधिकारीले दुई सय ३१ प्राप्त गरेका छन् । 

सचिवमा एकराज नेम्वाङले ८७, डेकेन्द्रकुमार तामाङले दुई सय १७, दीपक नेपालले तीन सय ११त, धनराज तुम्बापोले एक सय ९३ र सुवराज थापाले एक सय ९१ मत प्राप्त गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);