महिला विश्वकप छनोट: हङकङको सामना गर्दै नेपाल | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

महिला विश्वकप छनोट: हङकङको सामना गर्दै नेपाल

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्काे बलियो टोली  हङकङको सामना गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार साेमबार बिहान ११ः१५ बजे खेल्नेछ । ६ टोली सहभागी प्रतियोगितामा नेपाल बलियो टोली हो । यद्यपि हङकङ नेपाललाई रोक्ने दाउमा हुनेछ । नेपाल भने प्रतियोगिता जित निकाल्दै सुखद् सुरुआत गर्ने दाउमा हुनेछ । 

यस छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ । तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । चौथो खेल शुक्रबार मलेसियासँग हुँदा पाँचौ खेल आयोजनक युएईविरुद्ध आइतबार हुनेछ । 

नेपालले पछिल्लो पटक सन् २०१९ मा हङकङसँग खेलेको थियो । जनु खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो । प्रतियोगिताको तयारी लागि नेपाली टोलीले बंगलोदशलमा एक हप्ताको तयारी गरेको थियो भने कतारसँग तिन टी–ट्वान्टी शृंखला खेलेको थियो । घरेलु टोली कतारमाथि नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको थियो । 

नेपाली महिला टोलीः

रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा, संगीता राई

Leave a Reply