अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : चण्डेश्वर श्रेष्ठ, अध्यक्ष, नेपाल बार | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीशले गरे : चण्डेश्वर श्रेष्ठ, अध्यक्ष, नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतभित्र लाठी हान्ने र हतियार भित्र्याउने काम प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च प्रशासनले गरेको आरोप लगाएका छन् ।

बिहीबार दिउँसो सर्वोच्च परिसरमा प्रहरीको कुटाइबाट घाइते भएका श्रेष्ठ उपचारपछि फर्किएर आकस्मिक पत्रकार सम्मेलनमार्फत प्रधानन्यायाधीशको आलोचना गरेका हुन् । उनले व्यक्ति मरे पनि केही नहुने तर न्याय मर्न नहुने उल्लेख गरे ।

‘म मरें भने केही हुँदैन । दुई चारजना मरेर केही हुँदैन । तर न्याय मर्नुहुँदैन । अदालतभित्र लाठी हान्ने, हतियार भित्र्याउने काम प्रधानन्यायाधीश र सर्वोच्च प्रशासनले ल्यायो । यसको जवाफ प्रधानन्यायाधीशले लिनुपर्छ । हाम्रो देशको विश्वमा बेइज्जत हुन्छ । अदालतभित्र पुलिस रोक्नुपर्छ । ५ बजे हामीलाई पापडको बैठकमा बोलाइएको छ । सहभागी भएर हाम्रा कुरा राख्छौं,’ श्रेष्ठले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);