काठमाडौं, २१ कार्तिक । सस्तोमा किनेर महंगोमा सामान बिक्रि गरेको आरोपमा प्रहरीले दरबारमार्ग क्षेत्रका ब्रान्डेड पसलका कर्मचारीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । अनुसन्धानको क्रममा केहि रोचक तथ्य फेला परेका छन्। उक्त प्रकरणको सुरुवात तत्कालीन आपूर्तिमन्त्री तथा माओवादी केन्द्रका नेता शिवकुमार मण्डलको छोरीबाट सुरुवात भएको रहेछ।
उनकी छोरी जुत्ता किन्न दरबारमार्गस्थित बेन्टले पुगेकी रहिछिन्। उनीले त्यहाँको सबैभन्दा महंगो जुत्ता रोजिन्। आखिर मन्त्रीका छोरी न परिन् । सस्तोमा आँखा कहाँ जान्थ्यो र उनले रोजेको जुत्ताको मोल सोध्दा २८ हजार रुपैयाँ भन्यो। उक्त जुत्ता किन्न उनले बुबासँग पैसा मागिन् । त्यसपछि मण्डल जुत्ताको मूल्य सुनेर अचम्ममा परे।
ब्राण्डेड जुत्ताको मूल्य उनलाई थाहा थिएन। सोहि कारण दरबारमार्गमा साह्रौ महंगो ठानेर उनले आफै आएर छापा हानेको रहस्य खुलेको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले मंगलवार ८ वटा पसलका १० जना प्रबन्धकलाई हिरासतमा राखि अनुसन्धान गरिरहेको छ।