भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । संघ विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ ।

यसैगरी संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैया धौबन्जार, उपाध्यक्ष (साधारण)तर्फ कृष्णमुरारी न्यौपाने ,उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एशोसिएट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाईं, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानाङ्ग सर्वसम्मत चयन भएका हुन् ।  

यसैगरी सदस्यमा नवीन प्रजापति, अमरबहादुर मानन्धर, पृथ्वीभक्त प्रजापति, ऋषिकेश श्रेष्ठ, रञ्जित मारिखू, रुकेश रञ्जित, गोकर्ण न्यौपाने, गौतम सुजखू, नरेश सुकुपायो, राजेश त्वानाबासु (राजु) सर्वसम्मत चयन भएका छन् । सदस्यमा (वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्य (एसाेसिएट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ लामा, कार्यसमिति सदस्य (महिला)तर्फ आस्था शाख र श्रीया बल्ल चयन भएका छन् ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);