निफ्राको खुद नाफा ३४.३७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी घट्यो | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार असोज मसान्तसम्ममा २४ करोड २० लाख २७ हजार रुपैयाँ खुद नाफा भएकाे छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३४.३७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ खुद नाफा  गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको सञ्चालन नाफा ३४.२० प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको साेही अवधिमा बैंकले २५ करोड ७६ लाख ४२ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकको चुक्ता पूँजीमा ६६.६७ प्रतिशत बढेको छ भने निक्षेप संकलन १९.२६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको जगेडा कोष ४५.६९ प्रतिशत बढेको छ । 

नाफा कमाए पनि बैंकको प्रतिसेयर आम्दानीमा भने गिरावट आएको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँबाट १ एक रुपैयाँ १६ पैसा घटेर ४ रुपैयाँ ८४ पैसामा कायम भएकाे छ । बैंकको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);