सुनको मूल्यमा लगातार वृद्धि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुनको मूल्यमा लगातार वृद्धि

काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार कायम भएकोमा आज चार सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार चार सय पुगेकाे छ ।

यस्तै, छापावाल सुनप्रति १० ग्राम ८० हजार नाै सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला ९३ हजार नाै सय कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ८० हजार पाँच सय पाँच रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रति ताेला एक हजार दुई सय ७० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार एक सय दुई पैसा कायम भएको महसंघले जनाएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);