दसैंका बेला सुनको मूल्यले उचाइ लिँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

दसैंका बेला सुनको मूल्यले उचाइ लिँदै

काठमाडौं । दसैं नजिँकिँदै गर्दा सुनको मूल्यले उचाइ लिन थालेको छ । साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रति तोला दुई सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार ६ सय रुपैयाँ कायम भएकोमा आज दुई सय रुपैयाँले बढेर ८९ हजार आाठ सय रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७६ हजार नौ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८९ हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रति १० ग्राम ७६ हजार ६ सय पाँच रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । महासंघले आज चाँदी प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार एक हजार एक सय ४० रुपैयाँ कायम भएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);