छट्पटाइरहेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

छट्पटाइरहेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

खोटाङ । खोटाङमा प्रसूति व्यथाका कारण स्वास्थ्य अवस्था गम्भीर बनेपछि गर्भवतीकाे हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा भर्ना गरिए पनि स्वास्थ्य थप जटिल बनेपछि जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका १९ वर्षीय हिराराया खड्काकाे राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गतको हवाइसेवाबाट बिहीबार उद्धार गरिएको हो । 

मंगलबार बिहान भर्ना भएकी गर्भवतीलाई २४ घण्टाभन्दा लामो समय व्यथा लागेको थियाे भने शल्यक्रिया गर्नुपर्ने भएपछि प्रसूति सेवा अस्पताल काठमाडाैं रिफर गरिएकाे जन्तेढुंगा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पवन पोखरेलले जानकारी दिए । 

Leave a Reply

ताजा समाचार