न्यायाधीशहरु विभाजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

न्यायाधीशहरु विभाजित

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरु विभाजित भएका छन् ।
प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने, बन्दी प्रत्यक्षीकरणबाहेकका विवादमा सुनुवाइ नगर्ने विषयमा सोमबारसम्म एक ढिक्का देखिएका न्यायाधीश मंगलबारबाट विभाजित भएका छन् । 

प्रधानन्यायाधीश निकट मानिने न्यायाधीशद्वय तेजबहादुर केसी र मनोजकुमार शर्माले मंगलवार संयुक्त इजलासमा बसेर मुद्दा सुनुवाइ गरेका छन् भने अन्य न्यायाधीश इजलास गएनन् । 

केसी र शर्माको संयुक्त इजलासले एउटा रिट खारेज गर्ने आदेश दिएको छ भने उनीहरूको इजलासमा परेका अन्य मुद्दा हेर्न नभ्याउने सूचीमा राखेका छन् । तर, अन्य न्यायाधीशहरूले भने मुद्दा सुनुवाइ प्रक्रियामा सहभागी भएनन् । 

प्रधानन्यायाधीश जबराले भने आफ्नो एकल इजलासमा पेसीमा राखेका सातमध्ये ६ वटा विवादमा सुनुवाइ गरी आदेशसमेत जारी गरेका छन् । नेपाल बारले गरेको बहस बहिष्कारकाबीच केही असन्तुष्ट कानुन व्यवसायीले बहसमा भाग लिएपछि उनले ६ वटा मुद्दामा आदेश जारी गरेका हुन् । 

सर्वोच्चका दुई न्यायाधीश इजलास फर्किएको नभई बन्दीका रिट हेर्न मात्र इजलासमा गएको असन्तुष्ट एक न्यायाधीशले बताए । तर, प्रधानन्यायाधीश सचिवालय भने मंगलबार इजलास गएका न्यायाधीशद्वय भोलि बुधबारबाट निरन्तर इजलासमा जाने दावी गर्छ । 

‘सवै न्यायाधीश सम्माननीयज्यू (प्रधानन्यायाधीश)सँग असन्तुष्ट भन्ने हल्लामात्र हो, उहाँसहित तीनजना न्यायाधीशले अब निरनतर सुनुवाइ गर्नुहुन्छ,’ प्रधानन्यायाधीश जबराको सचिवालयका एक अधिकारीले न्युज कारखानासँग भने । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);