काठमाडौं । न्यायालय भित्रको बेथिति, विसंगति, नेपाल बार एशोसिएशनले सुरु गरेको आन्दोलनको विरुद्द संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले बिरोध र्याली निकालेकोे छ ।
मोर्चाको महिला केन्द्रीय समितिले सोमबार काठमाडौंको माइतिघरमा बृहत र्याली तथा विरोध सभाको आयोजना गरेको हो । मोर्चाले अखण्ड नेपाल हिन्दु अधिराज्य पुर्नस्थापनाको समेत माग गरेको छ । तत्कालीन राजा वीरेन्द्र शाह र दलहरूबीच भएको २०४७ सालको संविधानलाई टेकेर गरिएको पाँच बुँदे सम्झौता अक्षरशः पालन गर्न माग गर्दै मोर्चाले आन्दोलन गरेको हो ।
देश संकटमा परेकोले आफुहरुले भ्रष्टाचारको विरुद्धमा आन्दोलित हुनुपरेको मोर्चाको भनाई रहेको छ । देशमा देखिएको न्यायिक संकट र न्यायको अन्तिम भरोसा सर्वोच्च अदालत नै अहिले झगडामा गालिएको भन्दै देश र जनताको हितमा प्रदर्शन गरिरहने मोर्चाले जनाएको छ ।