इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला | ईमाउण्टेन समाचार

Our Network

माघ २४ २०८१, बिहीबार

इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला

एजेन्सी । इराकका प्रधानमन्त्री मुस्ताफा अल कादिमीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्रीलाई हत्या गर्ने उदेश्यले ड्रोन हमला गरिएको अनुमान गरिएको छ । बगदादको ग्रीन जोन क्षेत्रमा भएको सो आक्रमणमा प्रधानमन्त्री सुरक्षित रहेको इराकी सेनाले जनाएको छ । आक्रमणमा प्रधानमन्त्रीका सात जना अंगरक्षक घाइते भएका छन् ।

आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन् । ग्रीन जोनमा सामान्यतया सेनाले बाक्लो गस्ती गर्छ । ड्रोनमा बिस्फोटक पर्दाथ भरेर प्रधानमन्त्रीलाई निशाना बनाइएको सेनाले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्रीलाई ड्रोन आक्रमणमार्फत हत्या प्रयास भएको इराकी सरकारले जारी गरेको अर्को विज्ञप्तिमा उल्लेख छ ।  यसैबीच, प्रधानमन्त्री अल कादिमीले आफू सुरक्षित रहेको बताएका छन् । उनले शान्ति कायम गर्न अपीलसमेत गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);