बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

बेञ्च बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध प्रदर्शन, इजलास सुचारु गर्न मानव अधिकार आयोगसँग माग

काठमाडौँ । कानून व्यवसायीहरुको एक समूहले बार नेतृत्व र इजलास बहिष्कार गर्ने न्यायाधीशहरूविरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा न्यायपालिका सुचारुका लागि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । प्रदर्शनमा न्यायको ढिलाइले अन्याय बढ्ने भन्दै न्यायाधीशहरूलाई मुद्दाको सुनुवाइमा फर्कन माग गरिएको छ ।

मुद्दा नहेर्ने न्यायाधीश र इजलासमा नजाने वकिलले जनताको अधिकार खोसेको प्रदर्शनमा सहभागीहरुले टिप्पणी गरेका छन् । माइतीघरमा भएको प्रदर्शनपछि हस्ताक्षर संकलन कार्यक्रम पनि गरिएको थियो । कानून व्यवसायीहरुको समूहले राष्ट्रिय मानव अधिकार आयोगमा पुगी आयोग समक्ष ज्ञापन पत्र पनि बुझाएका छन् ।

सर्वाच्चका न्यायधीशहरुले इजलास वहिस्कार गर्दा बन्दी, बालबालिका, ज्येष्ठ नागरिक लगाएत सिमान्तकृत र निमुखा वर्गका आवाजहरु दवाइएको भन्दै यो गम्भीर मानव अधिकारको उल्लंघनको घटनाका रुपमा लिन आयोग संग उपयुक्त छानविनको माग पनि राखेको छ ।

ज्ञापनपत्र बुझाउदै अधिवक्ताहरुले आम जनताको न्यायमाथिनै कुठराघात भएकाले मानव अधिकारको ढोका ढकढक्याउनु परेको प्रतिक्रिया दिएका थिए ।

अधिवक्ताहरुले सर्वाच्चका न्यायाधीसहरुले इजलास वहिस्कार गर्नु मानवता विरुद्धको अपराध भएकाले यसमा राष्ट्रिय मानव अधिकार आयोगका तर्फबाट छानवीन र अनुगमन हुनुपर्ने माग पनि गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);