तोलामा ५०० ले घट्यो सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

माघ १० २०८१, बिहीबार

तोलामा ५०० ले घट्यो सुनको मूल्य

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएकोमा बुधबार ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको हो ।

छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

बुधबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । मंगलबार एक हजार २५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ५० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);