न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

न्यायायाधीश र बारको बहिष्कारबीच प्रधानन्यायाधीशले दिए अन्तरिम आदेश

काठमाडौं । नेपाल बार एसोसिएसनको बहिष्कारकाबीच  प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराले आइतवार मुद्दा सुनुवाइ गरेका छन् । सर्वोच्च अदालतका १९ जना न्यायाधीशसमेत उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका बेला प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सनुवाइ गर्दै आदेश जारी गरेका छन् । 

जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ । न्यायाधीश कुमार रेग्मीसँगको संयुक्त इजलासमा भने रेग्मी नगएपछि सुनुवाइ हुन सकेन । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);