प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित भएका छन् । पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्वमाओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् ।

पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आएका साह कहिले माओवादी फर्किने त कहिले नेकपा ब्युँताउने भनेर चर्चामा थिए ।  तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र माेहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । ती सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसकेका छन् । यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित भएका हुन् । यससँगै उनी एमालेमै रहेको स्पष्ट भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);