काठमाडौं । डेविड वार्नरको अर्धशतकमा अष्ट्रेलियाले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार दुबईमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै लगातार दोस्रो जित हात पारेको हो ।
जितका लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेकाे हाे । अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले सर्वाधिक ६५ रनको योगदान दिए । आरोन फिन्चले ३७ रन बनाए । श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले २ र दासुन शनकाले १ विकेट लिए ।
त्यसअघि दुबई टस हारेर ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । श्रीलंका चरिथ असालंका र कुशल परेराले सर्वाधिक ३५–३५ रन बनाए । अष्ट्रेलियाका स्पिनर एडम जाम्पा, तीव्र गतिका बलर कमिन्स, मिचेल स्टार्कले समान २-२ विकेट लिए । सुपर- १२ को समूह-१ मा इंग्ल्यान्ड २ खेलमा २ जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ । अष्ट्रेलिया २ खेलमा समान ४ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।