उपेन्द्र यादव सप्तरी किन सरे ? यस्तो छ रोमाञ्चक चुनावी माहोल | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

काठमाडौँ, १९ कार्तिक । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका उपेन्द्र यादवको उम्मेदवारीले सप्तरी २ को चुनावी माहोल रोमाञ्चक बनेको छ। संविधानसभाका दुइटै निर्वाचन उपेन्द्र यादवले मधेसी जनअधिकार फोरमका अध्यक्षका हैसियतले लडे।

यसपालि संघीय समाजवादी फोरमका नाममा भिड्दै छन् । पहिला मोरङ र सुनसरीबाट प्रतिस्पर्धा गरेका उनी यसपालि सप्तरी आइपुगेका छन् । भूमि र भूमिका बदल्दै राजनीतिमा छलाङ मारिरहेका यादवको आगमनले सप्तरी २ मा चुनावी माहोल तताएको छ।

राष्ट्रिय व्यक्तित्व बनेका उनीसँग प्रतिस्पर्धा गर्न अन्य दल र उम्मेदवारले पनि गहन गृहकार्य गरिरहेका छन्। यसले चुनावी माहोल थप रोमाञ्चक बनेको छ। जिल्लाका अन्य क्षेत्रमा भन्दा यसमा बढ्ता ‘चुनाव लागेको’ झल्को मिल्छ। कान्तिपुर दैनिकबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);