भक्तपुरमाथि बाँसगढीको १२ गोल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरमाथि बाँसगढीको १२ गोल

काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा सुखद्  सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा शुक्रबार बिहान भएको खेलमा बाँसगढीले भक्तपुर नगरपालिकामाथि १२-० गोल अन्तरको फराकिलो जित निकालेको हो ।बाँसगढीको जितमा स्ट्राइकर अमिषा कार्कीले ७ गोल गरिन् । त्यस्तै मनिका घर्ती मगरले २ तथा रेनुका हमाल, दुर्गाकुमारी चौधरी र तुलसी योगीले समान १–१ गोल गरिन् । 

नेपाल यू-१९ टोलीको सदस्यसमेत रहेकी अमिषाले खेलको २४, २५, २८ं, ५१, ५७, ८० र ९३औं मिनेटमा गोल गरिन् । मनिकाले खेलको ३ र १७ मिनेटमा गोल गर्दा  रेनुकाले ५४, दुर्गाले ८७ र तुलसीले ९० मिनेटमा गोल गरिन् । बाँसगढीकी अमिषा खेलको प्लेअर अफ दी म्याच घोषित भइन् । उनले नगद पाँच हजार रुपैयाँसहित ट्रफी पाइन् । 

अलिहे समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाबीचको खेल जारी छ । उपमेयर कपको विजेताले पाँच लाख र दोस्रो हुने टोलीले तीन लाख पाउनेछ । फेयर प्ले टिमले नगद ५० हजार रुपैयाँ पाउनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);