जुम्लामा नागरिकको सारथी बन्दै सशस्त्र प्रहरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

जुम्लामा नागरिकको सारथी बन्दै सशस्त्र प्रहरी

जुम्ला । जुम्लामा अविरल वर्षाका कारण मार्सीधानका फाँट बगरमा परिणत भए ।  पाकिसकेको मार्सीधानको दुई हजार  हेक्टर  खेतसहित बाढीले बगाइदियो । नौ सय हेक्टरको मात्र धान बाँकी छ ।  त्यो पनी बगरमा परिणत भएको छ । 

जुम्लाको पहिचान बोकेको  मार्सीधान वर्षाका कारण सखाप भएपछि  जुम्ली किसान निराश बनेका छन् । नौ सय हेक्टर मात्र रहेको मार्सी धान पानीबाट जोगाएर किसानको दुःखमा मलमपट्टी लगाउनका लागि सशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका जवानहरू मार्सीधानको ज्युलोमा पुगेका छन्  ।

 सशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका गणपति गगन श्रेष्ठले भन्छन, ‘सबैभन्दा पहिला त नागरिक बचाउनु हो । त्यसपछि  सम्पत्ति पनि बचाउनु पर्छ । किसानको सम्पत्ति मार्सीधान हो । विपदमा हामी कसैको केही लागेन । यही बाँकी रहेको धान जोगाउन सशस्त्र प्रहरी खेतमा पुगेको हो ।’ 

सशस्त्र प्रहरी भिड नियन्त्रण गर्ने, सीमा सुरक्षामा खटिने मात्रै नभएर आपतविपतमा नागरिकको भरोसा बन्ने गरेको  छ ।  सशस्त्र प्रहरी  भिड नियन्त्रण गर्ने, सीमा सुरक्षामा खटिने हो । तर, नागरिकलाई संकट परेका बेला सशस्त्र प्रहरी सारथी बन्न सक्छ’, गणपति श्रेष्ठले  भने, ‘सशस्त्र प्रहरी मात्रै नभई रहेक सुरक्षा निकाय नागरिकको दुःखसुखको दौँतरी पनि हो  ।’ 

यसअघि सशस्त्र प्रहरी बल प्रयोग गर्नबाहेक अन्य बेला क्याम्प बाहिर निस्कँदैन भन्ने मान्यता नागरिकमा  थियो । तर, पछिल्लो समयमा सशस्त्र प्रहरीको पहिचान बदलेको छ । सशस्त्र प्रहरीले कोभिडको महामारीमा पनि जुम्लावासीको भरोसा बनेको थियो । ‘सशस्त्र प्रहरीले अहिले नागरिकमैत्री कार्य गर्न थालेको छ’, जुम्लाका स्थानीय  सन्देश कठायत भन्छन्, ‘सशस्त्र प्रहरी नागरिक बीचमै छ भन्ने सन्देश फैलाउन जरुरी छ ।’  

जुम्लामा अवस्थित सशस्त्र प्रहरी कोरोना कहरमा क्वारेन्टिन व्यवस्थापन र सुरक्षामा खटियो । यतिबेला पनि नागरिकको सुखदुःखमा  साथ दिएर ऊर्जा थप्ने काम गरेको छ । सशस्त्र प्रहरी ३३ नम्बर गण हेडक्वाटर त्रिपुरा जुम्लाका गणपति श्रेष्ठले जुम्ली नागरिकसँग हरेक आपतविपतमा काम गर्ने अवसर मिलेको बताए  ।  ‘हामी पनि नागरिकको  सुखदुःखमा  सहयोगी बन्नुपर्छ’, उनले भने, ‘कोरोना कहरबीच नागरिकको साथमा रहेर काम गर्न पाउँदा निकै खुसी लाग्यो ।’

यसअघि सशस्त्र प्रहरी देख्दा झस्किने नागरिक अहिले कतै बाटोमा भेट्दा सुखदुःख साट्न थालेका छन् । यही नै  आफूहरूको सन्तुष्टिको विषय रहेको गणपति श्रेष्ठको भनाइ छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);