अयोग्य भन्दै पुर्व डिआइजी सिलवाल विरुद्ध उजुरी दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

अयोग्य भन्दै पुर्व डिआइजी सिलवाल विरुद्ध उजुरी दर्ता

काठमाडौँ, १७ कार्तिक । वाम गठबन्धन पार्टी एमालेबाट ललितपुर क्षेत्र नं १ बाट प्रत्यक्ष उम्मेदवारको मनोनयन दर्ता गराएका पुर्व डिआइजी नवराज सिलवाल विरुद्ध उजुरी परेको छ ।

सिलवाललाई उम्मेदवार दिन योग्य नभएको भन्दै विकाससिंह तामाङले आज उजुरी दर्ता गराएको जिल्ला निर्वाचन क्षेत्र १ ले जनाएको छ। सिलवाल भर्खरै एमाले पार्टी प्रवेश गरेका हुन्।

तामाङले निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।