को बन्लान् नयाँ जेम्स बोन्ड ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

को बन्लान् नयाँ जेम्स बोन्ड ?

काठमाडौं । हलिउडमा सफल सिरिजमध्येको एक हो ‘जेम्स बोन्ड’ । स्पाई थ्रिलर याे फिल्मलाई दर्शकले रुचाउने गरेका छन् । सन् १९६२ देखि नै सुरुवात भएको सिरिज विश्वभर चर्चित छ । यसमा विभिन्न समयमा विभिन्न कलाकारले आफूलाई जेम्स बोन्डको रूपमा अगाडि ल्याइसकेका छन् ।

पछिल्लो समय बोन्डको रूपमा ड्यानियल क्रेग छन् । उनी सन् २००६ मा रिलिज भएको फिल्म ‘क्यासिनो रोयल’ देखि नै जेम्स बोन्डको भूमिकामा देखिँदै आएका छन् । जेम्स बोन्डका रूपमा क्रेगको अन्तिम फिल्म ‘नो टाइम टु डाइ’ भनिएको छ । उनको अन्तिम फिल्म भनिएसँगै नयाँ जेम्स बोन्ड को बन्नेछन् भन्ने चर्चा फिल्मीप्रेमी दर्शकमाझ छ । यसको ट्रेलरमा समेत डबल ओ सेभेनको नयाँ जासुस महिला देखिएकाले नयाँ जेम्स बोन्ड महिला हुन सक्ने अनुमान दर्शकले लगाएका छन् । 

यद्यपि ‘जेम्स बोन्ड’ को रूपमा कहिल्यै पनि महिला नहुने-नबनाइने निर्माता बार्बरा ब्रोकलीले स्पष्ट पारेकी छन् । बोन्ड रंगका बारेमा विकल्प खुल्ला भए पनि महिला नहुनेमा आफूहरू स्पष्ट भएको उनको भनाइ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा छन् । कोरोनाभाइरसका कारण सिर्जित अवस्थाले गर्दा बारम्बार रिलिज डेट सरेको ‘नो टाइम टु डाइ’ नेपाल र भारतमा आउँदो अक्टोबर १४ बाट प्रदर्शनमा आउनेछ । 

ब्रिटिस जासुस जेम्स बोन्डको चरित्रमा आधारित रहेको शृंखलाको यो २५औं फिल्म हो भने क्रेगको बोन्डका रूपमा पाँचौं । जेम्स बोन्ड हलिउडको सबैभन्दा लामो चलेको शृंखलामा पर्छ । लेखक इयान फ्लेमिङले सृजना गरेको एजेन्ट जेम्स बोन्डको चरित्रमा अभिनय गर्ने क्रेग छैटौं कलाकार हुन् । क्रेगको यो अन्तिम फिल्म हो ।क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगका अलावा क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडुलगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);