उपत्यका भित्र पूराना सवारी साधन संचालनमा रोक लगाइने | ईमाउण्टेन समाचार

Our Network

भदौ ६ २०८३, आइतबार

काठमाण्डौँ, १७ कार्तिक । काठमाडौं उपत्यका भित्र पूराना सवारी साधन संचालनमा रोक लगाइने भएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआईजी सर्वेन्द्र खनालले काठमाडौं उपत्यका भित्र पूराना सवारी साधन संचालनमा रोक लगाइने जानकारी गराएका हुन् ।

शुक्रबार भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले पूराना सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गर्दै अब त्यस्ता सवारी साधन संचालन गर्न नदिइने योजना बनाउनु परेको पनि स्पष्ट पारे । पूराना सवारी साधनकै कारण उपत्यका भित्र धेरै जनधनको क्षति भएको उनको भनाई छ ।

डिआईजी खनालले सडक व्यवस्थित नहुँदा उपत्यकाको ट्राफिक व्यवस्थानमा चुनौति थपिएको पनि स्मरण गराए ।

ताजा समाचार