बालकको हत्या गरेको आरोपमा बुवा र भाउजू थुनामा | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

लहान, १७ कार्तिक । बालकको हत्या गरेको आरोपमा पक्राउ परेका बालकका बुवा र भाउजूलाई सिरहा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

गएको साउन ३१ गते हत्या गरिएका ११ वर्षका मोहम्मद अरहानको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका बालकका बुवा सिरहा नगरपालिका-४ रमौल बस्ने ५० वर्षका मोहम्मद सलाउद्दिन सेख र सेखकै बुहारी २० वर्षकी डेजी भन्ने कुल्सुम खातुनलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।

मोहम्मद अरहानलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा गएको असोज २० गते पक्राउ गरिएका सेख र उनकी बुहारी कुल्सुम खातुनलाई सिरहा जिल्ला अदालतले बिहीबार थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

ताजा समाचार