‘गाउँपालिकाको काम’ भन्दै बिदा नै नलिइ १० जना कर्मचारी भारत भ्रमणमा | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

‘गाउँपालिकाको काम’ भन्दै बिदा नै नलिइ १० जना कर्मचारी भारत भ्रमणमा

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत कर्मचारीको एक टोली ‘कार्यालयको काम’ भन्दै भारत घुम्न गएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । पालिकाको काममा रहेको भन्दै कार्यालय नआइ भारत घुम्न जानेमा प्रमुख प्रशासकीय अधिकृत समेत छन् । उनले पाँच दिन अघिदेखि नै पालिकाका अधिकृत रमेश शर्मालाई निमित्त दिएका छन् ।

भारत घुम्न जानेमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, पशु सेवा शाखा प्रमुख अब्दुल सलाम मुसलमान, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र मिश्रा, स्टोर प्रमुख बलराम कहाँर, कम्प्युटर अपरेटर देवेन्द्र पाण्डे, कार्यालय सहयोगी दिनेश यादवसहित १० जना छन् । 

निमित्त पाएका शर्माले घटनाको विषयमा खुलाउन चाहेनन् । उनले प्रशासकीय अधिकृतसहितको टोली कार्यालयको कामको सिलसिला बाहिर रहेको बताए । पाँच दिनदेखि निमित्त दिएर गएको र शुक्रवारसम्म फर्कने उनको भनाइ छ । तर, के कामको लागि टोली निस्किएको भन्ने विषयमा जानकारी नभएको उनले जनाए । 

कार्यालयको काम भन्दै उनीहरूले बिदा समेत नलिएको स्रोतले बताएको छ । प्रमुख प्रशासकीय अधिकृतले भारत भ्रमण गर्दा सम्बन्धित मन्त्रालय अनुमति लिनु पर्ने हुन्छ । नगरपालिकाका कर्मचारीले पनि भ्रमणको विषयमा कुनै जानकारी नभएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेयले बताए । कार्यालयका कर्मचारी मनलाग्दीसँग कार्यालय छाड्दा सर्वसाधारणले सास्ती खेप्नु परेको स्थानीय हजरत अलि मुसलमानले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);