न्यूरोडका ५ पसललाई कारवाही | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

न्यूरोडका ५ पसललाई कारवाही

काठमाडौं । वाणिज्य, आपूर्ति तथाउपभोक्ता संरक्षण विभागले काठमाडौं न्यूरोडका ५ वटा पसललाई कारवाही गरेको छ ।

पसलहरूनियमानुसार सञ्चालननभएको पाइएपछि न्यूरोड खिचापोखरीका पाँचवटापसललाई विभागले कारवाही गरेको हो । कारवाहीमा परेकातीन वटा पसलले दर्ता नै नगरी सञ्चालन गरेको पाइएपछि विभागले कारवाही गरेको वाणिज्य, आपूर्ति तथाउपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले जनाकारी दिए ।

निरीक्षण अधिकृत झाले नियमअनुसारको मापदण्ड पालनानगरेकादुईवटा पसलमा भने मुख्यव्यपारी नै अनुपस्थित भएकाले तीन दिनको समय दिएर कारवाहीका लागि विभाग मै उपस्थित हुन निर्देशन दिएको बताए ।

सरकारले चाडपर्र्व लक्षित गरी बजार अनुगमनलाई तिव्रतादिइरहेको छ । चाडपर्वको मौका छोपेर व्यापारीहरूले ग्राहकलाई नठगून् र बिक्रीगरिएका सामग्रीको गुणस्तर कायमहोस् भन्ने उद्देश्यले विभागले हरेक दिनजसो बजार अनुगमन गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);