बुधबार शेयर बजारमा उत्साह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बुधबार शेयर बजारमा उत्साह

share bazzar

काठमाडौं । बुधबार शेयर बजारमा उत्साह देखिएको छ । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ६८ दशमलब ४७ अकंले बढोत्तरी भएर २ हजार ६ सय ८१ दशमलब १० बिन्दुमा उक्लीएर बन्द भएको हो । यस दिन २ सय २७ कम्पनीको ५५ हजार ३ सय ८५ पटकको कारोबारमा ८१ करोड ८९ लाख ८ सय ९० बराबरको कित्ता शेयर खरिदविक्रि भएको छ ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि वृद्धि भएको छ । मंगलबार २ अर्ब भन्दा बढि कारोबार भएको थियो भने यस दिन ४ अर्ब ५० करोड भन्दा धेरैको शेयर कारोबार भएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहको सूचकहरु सबै उकालो लागेर बन्द भएका छन् । त्यसैगरी यस दिन सिटिजन बैंक इन्टरनेस्नल लिमिटेड २३ करोड भन्दा बढि सहित अग्रस्थानमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);