माओवादीबाट अलग भइसकेका एक हुने सम्भावना निकै कम (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

माओवादीबाट अलग भइसकेका एक हुने सम्भावना निकै कम (एक रिपोर्ट)

काठमाडौं । तत्कालिन नेकपाबाट छुट्टिएर एक्लिएको नेकपा माओवादी केन्द्र सबै पुर्व माओवादीहरु एकजुट हुनुपर्ने भन्दै आइरहेको छ । माओवादीका शिर्ष नेताहरुले पार्टी छाडेसँगै एक्लिएको महसुस गरेको माओवादी केन्द्र आगामी चुनावको सम्भावित परिदृश्यले अध्यक्ष पुष्पकमल दाहालमा भित्रभित्रै भय बढ्दै गएको देखिन्छ । तर दाहाले भने जस्तो माओवादीबाट अलग भइसकेका सबैनेता एक हुने सम्भावना भने निकै कम छ ।

अदालतको आदेशबाट तत्कालिन नेकपाको एकता भंग भएसँगै माओवादी केन्द्रलाई यतिबेला ठुलो घाटा परेको छ । माओवादी केन्द्रमा लामो समय बसेर आफनो राजनीतिक जिवन बिताएका नेताहरुले साथ छाडिसकेका छन ।

कमजोर भएकै महसुस भएर होला पुष्पकमल दाहाल कहिले कांग्रेस त कहिले एमालेसंग गठबन्धनबाट पार्टीलाई अघि बढाई रहेका छन् । तर त्यो गठबन्धन लामो समसयसम्म फलिफाप नहूँदा माओवादी अहिले एक्लिएको अवस्था पुगेको छ ।

त्यसैले माओवादी केन्द्रका अध्यक्ष दाहालले एक हुनु पर्नेमा जोडदिइरहेका छन् । पुराना माओवादी नेताहरु पार्टी फुटेर तितर वितर भए पनि माओवादीका विचार र सिद्धान्त एउटै भएका कारण अझै पनि पुराना माओवादी नेतासंग एकता हुने संम्भावना भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए ।

माओवादी अध्यक्ष दाहालले यसपटक निकै ठूलो महत्वकांक्षी रणनीति बनाइसकेको संकेतहरु अभिव्यक्तिबाट पनि प्रष्ट हुन्छ । जब चुनाव नजिक आउँछ दाहाल कसै न कसैसँग गठबन्धन बनाउने रणनीतिमा लाग्ने सिलसिला १० वर्षदेखि चलिरहेको छ । दोस्रो संविधान सभा निर्वाचनमा नराम्रो हार भोगेपछि स्थानीय चुनावमा माओवादीले काँग्रेससँग भित्री सहकार्य ग¥यो ।

त्यसपछि २०७४ को चुनावमा नेकपा एमालेसँग गठबन्धन भयो । यसबाट दुवै चुनावमा बढीभन्दा बढी ठाउँमा माओवादी उम्मेदवार विजयी पनि भए । अब फेरी पुर्व माओवादहरुसँग एकताको चाहना पुरा हुने संभावना भने निकै कम रहेको नेकपा माओवादी क्रान्तिकारीका नेता कृष्णहरी गजुरेलले बताए ।

माओवादीको एमालेसँग मिलेर जाने सम्भावनाको ढोका बन्द भइसकेको छ । अब दाहालको ध्यान अन्य कम्युनिस्ट शक्ति र पूर्व माओवादीमा जान थालेको छ । कांग्रेस अहिलेको पाँचदलीय गठबन्धनबाट निर्वाचनमा जाने सम्भावना निकै कम छ । कम्युनिष्ट समूह र अन्य दलहरूको चरम विग्रहको अवस्थामा हुँदा एक्लै बहुमत ल्याउने आँट कांग्रेसमा पलाएको छ । कांग्रेस गठबन्धन गर्न तयार नभए के गर्ने ? भन्ने प्रचण्डको यस दृष्टिकोणले पनि मोआवादीहरु एकताको पहल गरेको प्रष्ट संग देखिन थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);