कपिलवस्तुको कृष्णपुर नगरापलिकामा झाडापखाला फैलिंदा २ जनाको मृत्यु, रोग नियन्त्रण भन्दा बाहिर | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

कपिलवस्तुको कृष्णपुर नगरापलिकामा झाडापखाला फैलिंदा २ जनाको मृत्यु, रोग नियन्त्रण भन्दा बाहिर

कपिलवस्तु । कपिलवस्तुको कृष्णपुर नगरापलिकाका तीन वटा वडामा झाडापखाला फैलिएपछि नियन्त्रणका लागि स्थानीय सरकारले लुम्बिनी सरकारसँग गुहार मागेको छ ।  

झाडापखलाबाट दुई जनाको मृत्यु हनुका साथै करिब २५० जना बिरामी परेपछि नगरपालिकाले लुम्बिनी सरकारसँग औषधि र चिकित्सकसहितको स्वास्थ्यकर्मी पठाउन आग्रह गरेको हो ।  

‘यस विषयमा प्रदेश सरकारसँग कुराकानी भएको छ, उहाँहरूले थप औषधि र चिकित्सक पठाउने भन्नु भएको छ,’  नगरपालिकाका मेयर रजतप्रसाद शाहले भने । उनका अनुसार झाडापखलाबाट करिब २५० जना बिरामी परेका छन् । 

अहेब विष्णु पौडेलका अनुसार झाडापखला फैलिएपछि जिल्ला स्वास्थ्य कार्यालयले तौलिहवाबाट मंगलबार दुई चिकित्सकसहित पाँच जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटाएको थियो । तर, उक्त टोली फर्किसकेको छ । 

तौलिहवाको टोली फर्केसँगै प्रदेशबाट आज दुई जना चिकित्सकसहितको टोली आउन लागेको उनले जानकारी दिए ।  बहादुरगन्जस्थित शिवराज अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि निजी क्लिनिकमा पनि उपचार भइरहेको छ । शिवराज अस्पतालमा एकमात्र चिकित्सक छन् ।  

झाडापखालाबाट कृष्णनगर-९ का ५ वर्षीय राज कश्यप र कृष्णनगर-८ का ४० वर्षीय रामप्रसाद केबटको मृत्यु भइसकेको छ ।  कश्यपको निजी क्लिनिक र केबटको घरमै मृत्यु भएको हो ।

पौडेलका अनुसार कृष्णनगर नगरापलिका-७, ८, ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा गाउँका झाडापखलाबाट ग्रसित छन् । गम्भीर बिरामीलाई तौलिहवा, बुटवल र भैरहवाका अस्पताल रेफर गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);