कहिले जाला युवामा कांग्रेस नेतृत्व (एक रिपोर्ट) | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

कहिले जाला युवामा कांग्रेस नेतृत्व (एक रिपोर्ट)

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा सभापति पदको दाबेदार १ दर्जनभन्दा बढी देखिन्छन् । तीमध्ये अधिकांश ७० वर्ष पार गरिसकेका नेताहरू छन ।

अहिले नेतृत्वमा नपुगे अर्को पटक सभापतिको दाबी गर्ने समय रहँदैन भन्ने भय अधिकांश आकांक्षीहरूमा छ । त्यसैले यो पटकको महाधिवेशनमा आफै नेतृत्व लिने दाउमा रहेका पहिलो पुस्ताका नेताहरूको दौडधुपकाबीच युवा नेताहरू भने सभापतिको दाबेदारीमा नगन्य मात्रै देखिन्छन् ।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा उमेरले ७५ वर्ष पार गरिसक्नुभएको छ । आगामी महाधिवेशनमा पनि उहाँ सभापतिको उमेदवार बन्ने निश्चितजस्तै छ । सभपातिको दावेदारी गर्ने वरिष्ट नेता रामचन्द्र पौडेलदेखि शेखर कोइरालासम्मका नेताहरू ७० वर्षे उमेरहद पार गरिसकेका छन् ।

अधिकांश दाबेदारहरू पारिवारिक विरासत बोकेर पार्टीको नेतृत्व सम्हाल्ने दाउमा देखिइँदा र अरु नेताहरूले पार्टीमा गरेको योगदानका कारण सभापतिको दाबी गर्दै गरिरहँदा युवाहरूले चाहिँ नेतृत्वको दाबी गर्न नसकेकोे नेपाली कांग्रेसका नेता सबुज बानियाँले बताए ।

आगामी महाधिवेशनमा सभापति पद सर्वसम्मतिले चयन गरेर अन्य पदलाई प्रतिस्पर्धाबाट चयन गर्ने दिशामा शीर्ष नेताहरूबाट नेतृत्वदायी भूमिका निर्वाह हुन सके गुटगत प्रवृति अन्त्य हुने र भावनात्मक रूपमा पार्टी एक भएको सन्देश कार्यकर्ता माझ जानसक्ने सक्ने पार्टी युवा नेताहरूको बुझाइ छ ।

तर नयाँ र सबल नेतृत्वमार्फत् पार्टीलाई जीवन्तता दिंदै रुपान्तरण गर्नका लागि आगामी महाधिवेशनमा नयाँ युवा आकांक्षीहरू सभापतिको उमेदवारीमा कमी देखिनुले कांग्रेस भित्रको पुरानै परम्परा तोड्न नसक्नु बिडम्बना भएको नेपाली कांग्रसका नेता खेम तिवारीले बताए ।

आफुलाई प्रजातन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेसमा लामो समयसम्म पुरानै पुस्ता पार्टी नेतृत्व हाबी हुनु र नयाँ पुस्ता पनि पुरानालाई चुनौती दिनेगरी स्थापित हुन नसक्नु कांगे्रसीहरूको मात्रै भनइ आम जनचासोको विषय हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);