काठमाडौं । मन्त्रालयको भागबण्डा टुंग्याउन सत्तारुढ गठबन्धन दलको बैठक बालुजाटारमा बसेको छ । बालुवाटार भित्र प्रधानमन्त्री निवासमा सत्तारुढदलहरु छलफलमा जुटेका हुन् ।
कार्यदलको बैठकमा काँग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका प्रतिनिधिहरुको सहभागीता रहेको छ ।
बैठकमा मन्त्रालयको भागबण्डाबारेमा छलफल भै रहेको छ । सरकार बनेको ८० दिन भै सक्दा समेत मन्त्रिपरिषद्ले पुर्णता नपाउँदा सरकारले आलोचना खेपिरहेको छ ।