पोखराद्वारा १२४ रनको लक्ष्य प्रस्तुत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८२, सोमबार

पोखराद्वारा १२४ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एभरेस्ट प्रिमियर लिग (इपिएल) टिट्वान्टी क्रिकेट अन्तर्गत जारी खेलमा पोखरा राइनोजले चितवन टाइगर्सलाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा राइनोजले टस जितेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाउँदै १२३ रन बनाएको हो ।

पोखराको लागि विवेक यादवले सर्वाधिक ५३ रन बनाए । ४५ बल खेलेका विवेकले ३ चौका र ३ छक्का प्रहार गरे । चितवनका साहब आलमले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कमलसिंह ऐरीले २ र सोमपाल कामीले १ विकेट लिए । 

यसअघि आज भएको पहिलो खेलमा ललितपुर प्याट्रियाट्सले विराटनगर वारियर्सलाई ३७  रनले पराजित गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);