सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्याे अनुमति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्याे अनुमति

IPO-logo_721_420_80_s_c1

काठमाडाैं । आईपीओ निष्कासन गर्नका लागि सिवाईसी नेपाल लघुवित्तले धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले तीन करोड ९५ लाख ३३ हजार ६ सय रुपैयाँ बराबरको तीन लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डसँग अनुमति मागेको हो ।

संस्थाको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । अब, कम्पनीले नियामक निकाय धितोपत्र बोर्डबाट अनुमति दिएपछि मात्र कम्पनीले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । 

बागलुङ बजारमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले शालिग्राम लघुवित्तलाई एक्विजिसन गरेको छ । एक्विजिसनपश्चात् वित्तीय संस्थाको अधिकृत पूँजी २० करोड रुपैयाँ र जारी पूँजी १२ करोड १६ लाख ४१ हजार ८३७ रुपैयाँ पुगेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);