प्रेमको नाटक पारी १४ बर्षीय बालिका भारत लगेर बेच्न खोज्ने युवा प्रकाउ | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

प्रेमको नाटक पारी १४ बर्षीय बालिका भारत लगेर बेच्न खोज्ने युवा प्रकाउ

सन्दिप शर्मा,
प्रेम सम्बन्धको नाटकमा पारी भारतमा लगेर १४ बर्षीय बालिका बेच्न खोज्ने पर्वतका एक युवालाई विराटनगर नाकामा रहेको प्रहरीले नियन्त्रणमा लिएको छ । पर्वतको मोदी गाउँपालिका ५ बाजुङ्ग घर भएका २४ बर्षीय सुर्य भण्डारीले सोही स्थानकी १४ बर्षीय एक बालिकालाई प्रेम सम्बन्धको नाटकमा पारी भारतमा लगेर बेच्न खोजेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


भण्डारीले बालिकालाई प्रहरीसँग दाजुको साथमा भारतमा घुम्न जान लागेको झुटो विवरण भन्नलगाई भारतमा लगेर बेच्ने योजना बनाएका थिए । तर प्रहरीले बालिका मार्फत परिवारका अन्य सदस्य संग सम्पर्क गर्दा आफुहरुलाई केही थाहा नभएको बताए पछि भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक सिवराज बुढाथोकीले बताए ।
भण्डारीले बालिकालाई बेलुकी कुश्मबाट गाडिमा चढाएर बिहान विराटनगर पु¥याएको विराटनगरमा पुगेपछि आटो हुदैं जोकबने नाकाबाट भारत लैजाने र बेच्ने तयारी गरेको अनुसन्धानका क्रममा खुलेको प्रनाउ बुढाथोकीले बताए ।


बालिकाको परिवारका सदस्यहरुले बिहीबार जिल्ला प्रहरी कार्यालयमा भण्डारी बिरुद्ध उजुरी दिएका छन् । उनलाई १० दिनको म्याद थप भै थप अनुसन्धान भैरहेको र अनुसन्धानपछि मानव बेचविखन तथा ओसारपोसार मुद्धामा मुद्धा दर्ता गरि कारवाही प्रक्रिया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);