प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

प्रधानमन्त्रीको आह्वानमा आज बालुवाटारमा सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज बिहीबार बालुवाटारमा सर्वदलीय बैठक बस्दैछ । बैठक बिहान बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रम देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए । 

संसद् अवरोध र पछिल्लो समसामयिक राजनीतिक घटनाबारे छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । संसद्‌मा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)लगायत सबै दललाई बैठकमा बोलाइएको छ ।

यसअघि पनि सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्यका लागि बैठक बोलाएका थिए । तर, उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् । 

संघीय संसद्का दुवै सदन एमालेले दैनिक अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।  एमालेले १४ जना सांसदलाई कारवाहीको माग गर्दै लगातार संसद बैठक अवरुद्ध गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);