जितिया पर्वकाे बुधवार सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

जितिया पर्वकाे बुधवार सार्वजनिक विदा

sarbajanika bida

जनकपुरधाम । हिन्दु सामुदायका महिलाले मनाउने जितिया पर्वको अवसरमा बुधवार प्रदेश २ सरकारले महिलाको लागि सार्वजनिक विदा दिएको छ ।  मुख्यमन्त्री लालबाबु राउतले सोमबार एक शुभकामना सन्देश जारी गर्दै १३ असोज बुधबार प्रदेश भरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी गराएका हुन् ।

मधेशका महिलाहरूको निष्ठाको साथ जितिया पर्व मनाउने गरेका छन् । मिथिलाको कठिन पर्वको रुपमा रहेको जितिया पर्वमा सन्तानको दीर्घायूको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन्।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेश भरी नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका छन् । उनले सबै प्रदेशवासीमा जितिया पर्वको शुभकामना व्यक्त गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);