ललितपुरको तीनवटा क्षेत्रमा कसलाई कसको टक्कर? | ईमाउण्टेन समाचार

Our Network

फागुन २९ २०८२, शनिबार

काठमाडौँ, १६ कार्तिक। पूर्व डिआजी एवम् एमालेका सदस्य नवराज सिलवाल ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार दिने टुंगो लागेको छ।

वाम गठबन्धनका तर्फबाट उनी प्रतिनिधिसभाका लागि ३ क्षेत्र रहेको ललितपुर १ बाट उनी उम्मेदवार बनेका हुन्। उनले कांग्रेसका उम्मेदवार उदयशमशेर राणालाई टक्कर दिने छन् ।

क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन कांगे्रसका चन्द्र मर्हजन विरुद्व उत्रीनेछन् भने ३ बाट माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यलाई टक्कर दिनेछन्।