भक्तपुर २ मा एमालेका महेश बस्नेतसँग कांग्रेसबाट दमननाथ ढुंगाना भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १६ कार्तिक । नेपाली कांग्रेसले भक्तपुरको क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा पूर्वसभामुख दमननाथ ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। कांग्रेसको संसदीय समितिले ढुंगानालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

ढुंगाना ०४८ मा काठमाडौं २ बाट विजयी भएका थिए। त्यसबेला पनि ढुंगानाले वाम गठबन्धनका मल्लके सुन्दरलाई हराएका थिए। ढुंगाना झण्डै २३ वर्षपछि चुनावी मैदानमा उत्रिएका छन्। उनको प्रतिस्पर्धा एमालेका युवा नेता महेश बस्नेतसँग हुनेछ, जसलाई माओवादीको समर्थन छ।

यसैगरी भक्तपुर १ मा बाबुराजा जोशीलाई उम्मेदवार बनाएको छ। प्रदेशसभातर्फ (क) मा जीवन खत्री र ख मा अनिल भुजुले टिकट पाएका छन् भने २ को ‘क’मा दुर्लभ थापा र खमा गणेशमान चत्रचरलाई उम्मेदवार बनाइएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);