कोभिडले वेलायती पुरुषको औषत आयु घट्यो | ईमाउण्टेन समाचार

Our Network

पुष १० २०८१, बुधवार

कोभिडले वेलायती पुरुषको औषत आयु घट्यो

एजेन्सी । वेलायती पुरुषको औषत आयु घटेको छ । पछिल्लो चालिस वर्षमा पहिलो पटक वेलायती पुरुषको औषत आयु घटेको हो । ‘कोभिड महामारीका कारण पछिल्लो चालीस वर्षपछि पहिलो पटक वेलायती पुरुषको आयु घटेको हो,’ वेलायतको राष्ट्रिय तथ्यांक कार्यलयका पामेला कोबले भने । तर, महिलाको औषत आयुमा भने कुनै परिवर्तन नभएको कार्यलयले जनाएको छ । 

कोभिड महामारीअगाडि जन्मिएका बालकको औषत आयु ७९ दशमलब २ वर्ष थियो भने कोभिडको समयमा जन्मिनेको बालकको औषत आयु ७० वर्ष छ । तर, महामारी रोकिएपछि औषत आयुमा पनि परिवर्तन हुने अनुमान गरिएको छ । 

‘अहिले भइरहेको पुरुषको मृत्युदरलाई आधार मानेर हामीले यस्तो निस्कर्ष निकालेका हौं,’ कोबले भने, ‘कोरोनाभाइरस महामारी सकिएसँगै मृत्युदरमा पनि परिवर्तन हुन्छ । ’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);